बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ४५ जनाको उम्मेदवारी (सूचिसहित)


eShilalekh

२४ आश्विन २०७९, सोमबार १०:१०

सिमराः बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको एक सीटको लागी १८, प्रदेशसभा (क) तर्फको एक सीटका लागि १५ र (ख) तर्फको एक सीटका लागि १२ जनाको उम्मेदवारी परेको हो ।

उम्मेदवारी दिने ४५ जनामध्ये १५ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभा र प्रदेशतर्फ पाँच/पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा राजनीतिक दलका उम्मेदवारले उठाएका ‘डमी’ उम्मेदवारको समेत छन् ।

क्षेत्र नं. ३ को प्रतिनिधिसभाका लागि नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, जसपाबाट रामबाबु कुमार यादव, लोसपाका लालबाबु सिंह भुइहारले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी विवेकशील साझा पार्टीका अमिरी साह तेली, नेपाल जनता पार्टीका गोपाल दास, हाम्रो नेपाली पार्टीका चन्द्र प्रकाश सुवेदी, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनका नुर महमद हवारी धोवी, नेपाल मजदुर किसान पार्टीका महमुदिन मिया अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजेन्द्र प्रसाद जैसवार, जनमत पार्टीका राधिका देवी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपनारायण ठाकुर लोहार र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा कलामुद्धिन अंसारी, मनोज पण्डित, दिनेश्वर झा, रामकृष्ण साह, इन्द्रदेव महतो रहेका छन् ।

यसैगरी प्रदेश सभा ३(क) तर्फ राजनीतिक दलबाट १० र स्वतन्त्रबाट पाँच जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट रविन्द्रदास श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुकेश साह, जनता समाजवादी पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलिराम राउत पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बलिराम हजरा दुसाद, नेपाल मजदुर किसान पार्टीका भुण्टा माझी, जनमत पार्टीका मदनप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघबहादुर गोले, हाम्रो नेपाली पार्टीका शिवनाथ प्रसाद पटेल र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्रप्रसाद साह तेलीले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा ३(क) मा स्वतन्त्र उम्मेदवारी दिनेमा दीपककुमार बराल, दिलिपकुमार साह, ध्रुवप्रसाद यादव, नारायण क्षेत्री र शिवदत्तप्रसाद कुर्मी रहेका छन् ।

प्रदेश ३(ख) मा नेकपा एमालेबाट महम्मद समिर, नेपाली कांग्रेसका जयचन्द्र चौरसिया, जनता समाजवादी पार्टीका पारसप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद जैसवार, नेपाल मजदुर किसान पार्टीका चन्द्रिकाप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मनोज साह तेली र जनमत पार्टीका संतोष प्रसाद पटेलले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा प्रदीपप्रसाद यादव, प्रमिला गिरी, बाचालाल साह कानु, बुधनप्रसाद यादव र सुरेशकुमार मोदकले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्