बारा क्षेत्र नं. २ मा ४७ जनाको उम्मेदवारी, २९ जना स्वतन्त्र (सूचिसहित)


eShilalekh

२४ आश्विन २०७९, सोमबार १०:४९

सिमराः बारा क्षेत्र नं. २ राजनीतकि दलको भन्दा स्वतन्त्र उम्मेदवार बढी देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको मनोनयनमा दलबाट भन्दा स्वतन्त्र उम्मेदवारले बढी उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं. २ को तीन सीटका लागि भएको मनोनयनमा ४७ जनाको उम्मेदवारी परेको छ । जसमा राजनीतिक दलको १८ जना छन् भने स्वतन्त्रतर्फ २९ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि राजनीतिक दलबाट ६ जनाले उम्मेदवारी दर्ता गर्दा ९ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र दिनेमध्ये केही दलको ‘डमी’ उम्मेदवार समेत छन् ।

प्रतिनिधिसभाका लागि पूर्वमन्त्री एवम् जसपाका नेता रामसहाय यादव, नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा, नेपाल मजदुर किसान पार्टीका मेरोलालप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रबिन्द्र प्रसाद जयसवाल, नेपालका लागि नेपाली पार्टीका शेख ओली आलम र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा कांग्रेस महासमिति सदस्य अरुणकुमार ज्ञवालीसहित जीतेन्द्रप्रसाद यादव, प्रशान्त कुमार यादव, विनोदकुमार यादव, मंजारुल अंसारी, रबिन्द्रप्रसाद यादव, रामकिशोर प्रसाद यादव र शम्भुप्रसाद साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा (क) तर्फ ९ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले केन्द्रीय सदस्य बलबिर चौधरी, लोसपाका मोतिलाल कुशवाहा, नेपाल लोकतान्त्रिक पार्टीका केएस फिजिसन, नेपालका लागि नेपाली पार्टीका जगदेव महतो कोइरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवानन्द सहनी र जनमत पार्टीका रामाशंकर प्रसाद कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी प्रदेशसभा २(क) तर्फ अनुरुद राउत, कामेश्वरप्रसाद यादव, दीपेन्द्रप्रसाद यादव, धर्मलाल प्रसाद यादव, राजेशप्रसाद यादव, लक्ष्मण राउत अहिर, वीरेन्द्रप्रसाद यादव, उषाकुमारी यादव र सारदासंकर प्रसाद कलवारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा २(ख) मा १७ जनाको उम्मेदवारी परेको छ । जसमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभा सदस्यका लागि राजनीतिक दलबाट जनता समाजवादी पार्टीका बच्चा राउत अहिर, नेपाली कांग्रेसका रामअध्योध्या प्रसाद यादव, नेपाल मजदुर किसान पार्टी चन्दनकुमार यादव, जनमत पार्टीका गजानन्दप्रसाद यादव, नेपाल सदभावना पार्टीका भुलनसिंह राजपुत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदहिन रायले मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रमा अजयकुमार यादव, ओमप्रकाश प्रसाद यादव, ओम प्रवेश शर्मा, देवेन्द्रप्रसाद गिरी, नवल किशोर प्रसाद, प्रभुनाथ राउत, भतरप्रसाद साह, महेश्वर कुमार उपाध्याय, रामएकबाल प्रसाद यादव, सुरेश कुमार यादव र सुनिल कुमार पण्डितले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्