सिमरा-पोखरा उडान सुरु


eShilalekh

१८ भाद्र २०७८, शुक्रबार १८:१०

सिमरा : लामो समयको प्रयासपछि सिमरा-पोखरा हवाई उडान सुरु भएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माको टोली लिएर पोखराबाट सिमरा विमान आएसंगै उडानको औपचारिक सुरुवात भएको हो ।


मन्त्री शर्मा बुद्ध एयरको विमानबाट सिमरा आईपुगेका थिए । ‘दीगो पर्यटनका लागि हवाई कनेक्टीभिटी’ भन्ने नारासहित हवाई उडान सुरु गरिएको हो । औद्योगिक नगरी सिमरा र पर्यटकीय क्षेत्र पोखराबीचको सिधा उडानले दुवै क्षेत्रलाई लाभ मिल्नेमा आफू आशावादी रहेको मन्त्री शर्माले बताए ।


पोखराबाट आएको टोलीलाई स्वागत गर्न प्रदेश २ का वन तथा पर्यटन मन्त्री रामनरेश यादव, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, पूर्वसभासद शोभाकर पराजुली, नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछानेलगायत सिमरा विमानस्थल पुगेका थिए ।


टोलीमा नाटाका नाटा केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, गण्डकी प्रदेशका संयोजक हरिराम अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, नाटा गण्डकी प्रदेशका पुर्व अध्यक्ष ओमप्रकाश पाण्डे, नागरिक उड्यान कार्यालय पोखराका प्रमुख बिक्रम गौतमलगायत रहेका छन् । टोली तीन दिनसम्म बारा बसेर पर्यटकीय क्षेत्र पुग्ने तयारीमा रहेको छ ।


बुद्ध एयरले साताको दुई पटक आईतवार र बुधवार सिमरा-पोखरा उडान गर्ने भएको छ । आवश्यकता अनुसार थप गर्न सकिने भएपनि तत्काल दुई पटक उडान गर्ने बुद्ध एयरका प्रमुख सुरेश रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्