राष्ट्रिय युवा संघ नेपाल बाराले गठन गर्यो निर्वाचन परिचालन कमिटी


eShilalekh

६ कार्तिक २०७९, आईतवार १२:३५

कलैयाः राष्ट्रिय युवा संघ नेपाल बाराको जिल्ला भेला शनिवार कलैयामा सम्पन्न भएको छ । भेलाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ ।

संघकी उपाध्यक्ष सिता सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बारा क्षेत्र नं. १ मा ईराज कोईराला, क्षेत्र नं. २ मा सुनिल यादव, क्षेत्र नं. ३ मा राम यादव र क्षेत्र नं. ४ मा भावना आचार्यको संयोजकत्वमा परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीले उक्त क्षेत्रमा चुनावी प्रचारका लागि युवा परिचालन गर्ने भएको छ ।

यसैगरी भेलाले बारा क्षेत्र नं. १(क) मा प्रशान्त लामा, १(ख) मा सनि गुप्ता, २(क) मा रोशन यादव, २(ख) मा शैलेन्द्र यादव, ३(क) मा शसी दास, ३(ख) मा सद्धाम अंसारी, ४(क) मा आयुव खान र ४(ख) मा दीपेश कुशवाहाको संयोजकत्वमा मतदान केन्द्र बुथ सुरक्षा गठन गरेको छ ।

भेला संघका जिल्ला अध्यक्ष राम यादवको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा युवा संघको केन्द्र, प्रदेश, जिल्ला र नगर तहका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्