लोसपाका दुई केन्द्रीय सदस्यसहित बाराका १० जना एमाले प्रवेश


eShilalekh

१० कार्तिक २०७९, बिहीबार १६:०१

सिमराः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्यसहित १० जना नेकपा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष निवास बाल्कोट पुगेर उनिहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा लोसपाका केन्द्रीय सदस्यद्धय राजाराम साह र प्रिया रानी रश्मी सिंह, प्रदेश कमिटी सदस्य राजकुमार सिंहसहित जिल्ला कमिटी बाराका सदस्य र अन्य रहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्ने क्रममा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल, बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबाल मिया उपस्थित थिए । पूर्वमन्त्री मियाको पहलमा उनिहरुलाई एमालेमा प्रवेश गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्