हरपुरमा एमालेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न


eShilalekh

१२ कार्तिक २०७९, शनिबार १६:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ मा नेकपा एमालेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबाल मिया र प्रदेशसभा ४(१) का उम्मेदवार देवनारायण चौधरीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले स्वागत गरेका थिए । पार्टी प्रवेश गराउदै नेता पौडेलले एमालेको जितले मात्रै क्षेत्रको बिकास सम्भव रहेको बताए ।

चुनावी सभामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मियाले बारा क्षेत्र नं. ४ को जनता चाहना र यहाँको आवश्यकताको विषयमा आफू जानकार रहेको भन्दै आफूले थालेको अधुरा काम निर्माणका लागि पनि आफ्नो जित अपरिहार्य रहेको बताए । अघिल्लो निर्वाचनबाट निर्वाचित भएपछि क्षेत्रको बिकासका लागि गरेका कामको मुल्यांकन जनताले गर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका मियाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफूले शिक्षा, स्वास्थ्य, कृषी, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सभामा ४(१) का उम्मेदवार चौधरीले प्रदेशसभामा निर्वाचित भएपछि आफ्नो क्षेत्रमा बिकासको लहर ल्याउने बताए ।

कार्यक्रममा एमाले र जसपाका विभिन्न तहका नेताकार्यकर्ता र स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्