मतदाताको आशिर्वादले चौधरी उत्साहित, चुनाव जित्नेमा ढुक्क


eShilalekh

१२ कार्तिक २०७९, शनिबार १७:४०

सिमराः बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्य उम्मेदवार देवनारायण चौधरी यतिबेला चुनावी घरदैलोमा व्यस्त छन् । नेकपा एमालेको प्रदेश कमिटी सदस्य एवम् बारा जिल्ला पूर्वअध्यक्ष चौधरी चुनावी अभियानका क्रममा मतदाताको घरघरमा पुगिरहेका छन् ।

उम्मेदवारी दर्ता गराएसंगै चुनावी अभियानलाई अघि बढाएका चौधरीलाई मतदाताले आशिर्वाद दिन थालेपछि उत्साहित देखिएका छन् । एमालेको नेता मात्र नभई यस क्षेत्रको अगुवाको रुपमा पहिचान बनाएका चौधरीलाई सबैले रुचाएका उम्मेदवार हुन् ।

घरदैलोमा मतदातासंग आशिर्वाद लिदै चौधरी ।

दुई कार्यकाल तत्कालिन भवानीपुर जीतपुर गाविसको अध्यक्षको रुपमा काम गरिरहेका चौधरी शिक्षा क्षेत्रको गुरुका रुपमा समेत परिचित छन् । सरल ब्यक्तित्व र सालिन स्वभावका कारण चौधरीलाई आम मतदाताले रुचाएको देखिन्छ । घरदैलोको क्रममा मतदाताको घरमा पुग्दा आफूलाई उर्जा प्राप्त हुने चौधरी बताउछन् ।

घरदैलोमा मतदातासंग आशिर्वाद लिदै चौधरी ।

‘मतदाताको घरघरमा पुगिरहेको छु, सबैलाई भेटिरहेको छु’ चौधरीले इशिलालेखलाई भने ‘आफूले राजनीतिक जिवन समर्पित गरेको यस क्षेत्रका नागरिक पनि उत्साहित देखिएका छन् । जसले मलाइ पनि उर्जा थपेको छ, उत्साहित बनाएको छ ।’ घरदैलोमा पुग्दा मतदाताले आफूलाई जितका लागि शुभकामनासहित आर्शिवाद दिने गरेको चौधरीले बताएका छन् ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा थोरै मतान्तरले पराजित भएका चौधरीले सहानुभूति मत समेत प्राप्त गर्न सक्नेछन् । उनी एमाले भित्र मात्र नभई अन्य दल र मतदातामाझ झिजेका नेता हुन् ।

सिभिल इन्जिनियरिङ ल्याब निर्माणार्थ पथलैयामा खेलिएको देउसीमा सहभागी एमाले उम्मेदवार ।

चौधरीसंग नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ प्रतिस्पर्धामा छन् । श्रेष्ठ पर्सा ठोरीबाट सिमरा आएका नेता हुन् । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष श्रेष्ठले यसअघि पर्सा र बाराबाट संविधानसभा सदस्य पदमा निर्वाचन लडिसकेका छन् । उनि दुवै पटक पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्