अमलेखगञ्जमा स्वतन्त्र उम्मेदवार वाग्लेको चुनावी सभा


eShilalekh

१३ कार्तिक २०७९, आईतवार १२:४५

सिमराः बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी सभा अमलेखगंजमा सम्पन्न भएको छ ।

चुनावी अभियानका क्रममा घरदैलो र सभाको आयोजना गरिरहेका वाग्लेले अमलेखगंजमा आफ्ना समर्थकसंग भेट गरेका हुन् । भेटका क्रममा वाग्लेले आफूलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराए यस क्षेत्रको विकासले फड्को मार्ने बताएका थिए ।

उक्त चुनावी सभामा कांग्रेस समर्थक समेतको उपस्थिती रहेको थियो । गठबन्धनबीचको भागबण्डाका क्रममा क्षेत्र नं. ४ नेपाली कांग्रेसको उम्मेदवारविहिन क्षेत्र बनेपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । वाग्ले कांग्रेसका अगुवा नेता हुन् ।

लामो समय कांग्रेसको राजनीति गर्दै आएका वाग्लेले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका थिए । उम्मेदवारी दर्ता गराएपछि चुनावी प्रचारमा ब्यस्त वाग्लेलाई कांग्रेसका समर्थकले खुलेर समर्थन गर्न थालेका छन् ।

लामो समयदेखी सिमरा र अमलेखगंजलाई केन्द्रीत गरेका होटल व्यवसाय संचालन गर्दै आएका वाग्लेले आफूले बिजय प्राप्त गरेपछि क्षेत्र नं. ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्