भलुहीमा एमालेका उम्मेदवार मिया र चौधरीको घरदैलो


eShilalekh

१३ कार्तिक २०७९, आईतवार १२:५०

सिमराः नेकपा एमालेको तर्फबाट बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबाल मिया र प्रदेशसभा ४(१) का उम्मेदवार देवनारायण चौधरीले जीतपुरसिमरा २३ मा भलुहीमा घरदैलो गरेका छन् ।

मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा दुवै उम्मेदवार आफ्ना कार्यकर्तासहित मतदाताको आगनमा पुगेका छन् । मिया २०७४ सालको निर्वाचनमा निर्वाचित सांसद हुन् ।

घरदैलोका क्रममा एमालेका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका थिए । मियाले आफ्नो अधुरो कामलाई पूरा गर्नका लागि आफ्नो जित आवश्यक रहेको बताएका छन् ।

घरदैलोका क्रममा एमालेका जिल्ला, नगर र वडा कमिटी, निर्वाचन परिचालन कमिटी र एमाले कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्