सिमरामा उद्योग वाणिज्य संघको सेवा केन्द्र, एम्बुलेन्स संचालनमा


eShilalekh

२० भाद्र २०७८, आईतवार १२:२१


सिमरा : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नवनिर्मित सिमरा सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।


उद्योगीब्यवसायीलाई सहजरुपमा सेवा उपलब्ध गराउन संघले आन्तरिक राजश्व कार्यालय नजिक निर्माण गरेको भवनको उद्घाटन गरिएको हो । भवन उद्घाटनपछि उद्योगीब्यवसायीले सिमरा सेवा केन्द्रबाटै दर्ता, नविकरणलगायतको सेवा लिन सक्ने अध्यक्ष संजय साहले बताए ।


यसैगरी नगर उद्योण संघले एम्बुलेन्स सेवा समेत संचालनमा ल्याएको छ । सुर्य नेपाल प्रा.लिबाट सहयोग प्राप्त एम्बुलेन्स विधिवतरुपमा पुजा गरी संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्