नेकपा (एस) निकट युवा संघका अध्यक्ष बम्जन एमाले फर्किए


eShilalekh

१५ कार्तिक २०७९, मंगलवार १०:२३

सिमराः नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवम् युवा संघ जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष सोमलाल बम्जन नेकपा एमाले फर्किएका छन् ।

एमाले विभाजित हुँदा एकिकृत समाजवादीतर्फ लागेका बम्जन पुनः एमाले फर्किएका हुन् । उनलाई एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वती चौधरी, एमाले नेता सुन्दर विश्वकर्मा, प्रदेश सभा ४(१) का उम्मेदवार देवनारायण चौधरीलगायतले स्वागत गरेका थिए ।

जीतपुरमा आयोजित कार्यक्रमकाबीच एमाले फर्किएका बम्जनले एकिकृत समाजवादी पार्टी सत्ता स्वार्थका लागि मात्रै रहेको र आफ्नो सिद्धान्तको औचित्य समेत पुष्टि गर्न नसकेकाले एमाले फर्किएको बताए । उनले एकिकृत समाजवादीले देशलाई बर्बादीको दिशातर्फ लगेको हुँदा कम्युनिष्ट आन्दोलन बचाउन एमालेमा फर्किएको प्रतिक्रिया दिएका छन् ।

बम्जनले अब एमालेका उम्मेदवारलाई बिजयी बनाउन आफू लागिपर्ने बताए । उनले एकिकृत समाजवादीबाट थुप्रै युवाको समूह एमालेमा फर्कने तयारीमा रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्