होटल व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न


eShilalekh

२० भाद्र २०७८, आईतवार १२:३१

सिमरा : होटल तथा पर्यटन व्यवसायी संघ बाराको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए ।


साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले बारालाई पर्यटकिय जिल्लाको रुपमा स्थापित गर्ने आधार बन्दै गएको बताए । उनले पर्यटन विकासले सामाजिक विकासमा टेवा पुग्ने बताए ।


कार्यक्रममा पूर्वसभासद शोभाकर पराजुली, पर्यटन व्यवसायी युवराज लामा, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साह, सिमरा जेसिजका अध्यक्ष शालिकराम अधिकारीलगायतले मन्तब्य राखेका थिए ।


कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल, आन्तरीक राजश्व कार्यालय सिमराका प्रमुख नारायण भण्डारी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवॅर, नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यसैगरी होटल तथा पर्यटन सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्