जीतपुरसिमरा २ पुशपती टोलमा ३० जना एमाले प्रवेश


eShilalekh

१६ कार्तिक २०७९, बुधबार २०:०६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित पशुपती टोलमा विभिन्न पार्टी परित्याग गरी ३० जना एमाले प्रवेश गरेका छन् ।

नेकपा एकिकृत समाजवादी छोडेर एमालेमा फर्किएका युवा संघ जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष सोमलाल बम्जनको अगुवाईमा ३० जना एमाले प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज पुरुषोत्तम पौडेल, केन्द्रीय कमिटी सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वतीदेवी चौधरी, बारा प्रदेशसभा ४(१) का उम्मेदवार देवनारायण चौधरी, एमाले नेता सुन्दर विकलगायतले पार्टीमा स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्नेमा पुजा श्रेष्ठ, सजन लामा, विश्व मोक्तान, दीपेश खड्का, कृष्ण भुजेल, केशव कटुवाल, राजकुमार घिसिङ, किसान गुरुङ, मोहनी आचार्य, सोमबहारदुर ब्लोन, दीपक गाउली, बिमल पराजुली, अर्जुन बस्नेत, रामचन्द्र महत, जयकृष्ण हजार, निर्मला घलानलगायत रहेका छन् ।

एमाले वडा कमिटीका अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका नेताकार्यकताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्