एमाले जनता र देशको लागी काम गर्ने पार्टी होः उम्मेदवार साह


eShilalekh

१६ कार्तिक २०७९, बुधबार २१:०४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को बडहर्वामा नेकपा एमाले बारा क्षेत्र नं.३ (क)को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यालय उद्घाटन गर्दै एमाले नेता पौडेलले विकास, समृद्धि र वाहिय हस्तक्षेप नियन्त्रणका लागि एमालेले जित्नै पर्ने बताए । एमालेले देश बनाउने २० वटा ग्यारेन्टीसहित मतदातासंग मत मागिरहेको उक्त ग्यारेन्टी पूरा गर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र नं.३ की प्रतिनिधिसभा सदस्य उमेदवार ज्वालाकुमारी साहले केपी ओली नेतृत्वको सरकारले गरेका कामलाई जनताले हेरेको र सोही कामलाई निरन्तरता दिन पुनः एकपटक एमालेको पक्षमा जनताले मतदान गर्ने बताईन् ।

६ महिना लामो भारतीय नाकाबन्दीको डटेर सामना गर्ने र बर्षौदेखी मिचिएको पश्चिम नेपालको भुभाग लिम्पीयाधुरा समेटेर नक्सा जारी गर्ने हिम्मत एमालेले गरेको भन्दै साहले बताएकी छिन् । उनले देशभर विकासका पूर्वाधार तयार गर्ने, जेष्ठ नागरिक, बालबालिका, दलित, अपांगता र अल्पसंख्यकका लागि सामाजिक सुरक्षा भत्ता कार्यक्रम, गरिबलाई बास दिने कार्यक्रमलाई पूरा गर्न पनि जनताले सहयोग गर्नुपर्ने बताईन् ।

कार्यक्रममा प्रदेश क्षेत्र ३(क) ईन्चार्ज किशोर शर्मा, एमाले प्रदेश कमिटी सदस्य चयन मगर, सिता सुवेदी, लक्ष्मी नेपाली, अशोक तिवारी, क्षेत्रिय ईन्चार्ज अनिल कुमार मैनाली लगायत मन्तब्य राखेका थिए ।

क्षेत्र नं.३(क) का अध्यक्ष रमेश सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन जिल्ला कमिटि सदस्य पुनदेव रौनियारले गरेका थिए ।

जीतपुरसिमरा १४ बेहरीमा साहको रात्रीसभा

बारा क्षेत्र नं. ३ की प्रतिनिसिधा सदस्य उम्मेदवार ज्वाला साहले जीतपुरसिमरा १४ बेहरीमा स्थानीय महिलासंग भेट गरेकी छिन् । साहले स्थानीय महिलासंग साक्षात्कार गरेकी थिईन् ।

पूर्व कृषी मन्त्री समेत रहेकी साह बारा क्षेत्र नं. ३ को बलियो उम्मेदवार हुन् । चार वटा क्षेत्रमध्ये जित्न सक्ने सम्भावना बोकेकी महिला उम्मेदवार हुन् उनि । उनि २०७४ सालको निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्