प्रसौनीमा एमाले उम्मेदवार मिया र चौधरीको घरदैलो सम्पन्न


eShilalekh

१९ कार्तिक २०७९, शनिबार १९:२३

सिमराः बारा क्षेत्र नं. ४ अन्तर्गत प्रसौनी गाँउपालिका ७ स्थित बन्जरियामा नेकपा एमालेका उम्मेदवारको घरदैलो सम्पन्न भएको छ । एमालेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाँ र प्रदेशसभा सदस्य पदका उम्मेदवार देवनारायण चौधरीको घरदैलो सम्पन्न भएको हो ।

घरदैलोमा सयौं स्थानीयसहित नेताकार्यकर्ता सहभागी भएका थिए । घरदैलोका क्रममा एमालेका उम्मेदवारले बन्जरियासहित समग्र बारा क्षेत्र नं. ४ को विकासका निम्ति आफूहरुको जित अपरिहार्य रहेको बताउदै मतदातासंग मतका लागि अपिल गरेका थिए ।

घरदैलोपछि आयोजित सभामा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, एमाले केन्द्रीय सदस्य एवम् बारा सहईन्चार्ज सरस्वतीदेवी चौधरी, एमाले केन्द्रीय सदस्य मञ्जु थापामगर, एमाले प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, मधेसप्रदेश समानुपातिक उम्मेदवार अमर यादवलगायत एमालेका प्रदेश, जिल्ला, नगर, गाँउ र वडा कमिटीका नेताकायर्कर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्