बिश्रामपुरमा बारा ४ का स्वतन्त्र उम्मेदवार वाग्लेको रात्री सभा सम्पन्न


eShilalekh

१९ कार्तिक २०७९, शनिबार १९:२७

सिमराः बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी सभा बाराको बिश्रामपुरमा सम्पन्न भएको छ ।

बिश्रामपुर गाँउपालिकाको छतवामा स्वतन्त्र उम्मेदवार वाग्लेले सभा सम्पन्न गरेका हुन् । नेपाली कांग्रेसका अगुवा नेता वाग्लेले गठबन्धनको निर्णयप्रति असन्तुष्टी जनाउदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

घरदैलोपछि आयोजित सभामा बोल्दै वाग्लेले प्रतिनिधिसभाको सदस्य पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी क्षेत्र नं. ४ को विकासका लागि महत्वपूर्ण रहेको बताए । आफूले उम्मेदवारी दिएपछि लामो समय आफूले बिताएको पार्टीका शुभेच्छुकसहित जनताको समर्थन पाएको भन्दै वाग्लेले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

सभामा सयौं स्थानीयको उपस्थिती रहेको थियो । स्थानीयको उपस्थितीले आफू उत्साहित भएको वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्