बारा १ मा एमाले र जसपाका उम्मेदवारको संयुक्त घरदैलो


eShilalekh

१९ कार्तिक २०७९, शनिबार १९:३७

सिमराः बारा क्षेत्र नं. १ अन्तर्गत सिम्रौनगढमा नेकपा एमाले र जसपाका उम्मेदवारको संयुक्त घरदैलो सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अच्युत मैनाली र प्रदेशसभा सदस्य पदका उम्मेदवार सरोज यादवको संयुक्त घरदैलो सम्पन्न भएको हो ।

घरदैलोमा दुवै पार्टीका कार्यकर्तासहित स्थानीयको उत्साहजनक उपस्थिती देखिएको अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालले जानकारी दिएका छन् । स्थानीयले उत्साहित हुदै दुवै उम्मेदवारलाई अबिर र माला लगाएर सम्मान गरेको खनालले बताए ।

एमाले उम्मेदवार मैनाली पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व राजनितिक सल्लाहकार हुन भने यादव मधेस प्रदेशका निवर्तमान सभामुख हुन् । एमाले र जसपाको तालमेलले उक्त क्षेत्रमा दुवै उम्मेदवार बलियो देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्