बारा ३ मा एमालेको जीत सुनिश्चित छः ज्वाला साह


eShilalekh

१९ कार्तिक २०७९, शनिबार २०:०४

सिमराः बारा क्षेत्र नं. ३ अन्तर्गत डुमरवानमा नेकपा एमालेको पार्टी प्रवेश र चुनावी प्रचार कार्यक्रम सम्पन्न भएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार ज्वालाकुमारी साह र प्रदेशसभा सदस्य पदका उम्मेदवार रविन्द्रदास श्रेष्ठको उपस्थितीमा पार्टी प्रवेश र चुनावी कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी प्रवेशपछि आयोजित सभामा बोल्दै एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले बारा ३ मा एमालेको जित सुनिश्चित रहेको बताईन् । आफू विगतमा प्रदेशसभा सदस्य र छोटो समयका लागि भएपनि कृषी मन्त्रालयको जिम्मेवारी रहदा गरेका कार्यलाई जनताले मुल्यांकन गर्ने बताईन् ।

केपी ओली नेतृत्वको सरकारमा छोटो समय कृषी मन्त्री बनेकी साह जिल्लाभित्र चर्चामा रहेकी एक मात्रै महिला उम्मेदवार हुन् । प्रदेशसभा सदस्य पद लत्याउदै एमाले रोजेकी साह जिल्लाभित्र सशक्त महिलाको रुपमा चिनिन्छिन् ।

उनले पद भन्दा पनि जनताको पक्षमा काम गर्न आफू रुचाउने भएकाले प्रदेशसभा छोडेर जनताको माझमा आउने गरेको बताउदै आएकी छिन् ।

साहसंगै कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार श्रेष्ठ सहभागी थिए । श्रेष्ठ कलैया नगरपालिका तत्कालिन मेयर हुन् । उनि एमाले भित्र शालिन नेताका रुपमा चिनिन्छन् ।

उक्त कार्यक्रममा एमालेले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा एमालेको चुनावी अभियानका अगुवा राधेश्याम सिवाकोटी, अनिल मैनाली, रमेश सापकोटालगायत नेताकार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्