अमलेखगंजमा एमालेको चुनावी सम्पर्क कार्यालय उद्घाटन, निर्वाचन परिचालन कमिटी गठन


eShilalekh

१९ कार्तिक २०७९, शनिबार २०:२२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगंजमा एमालेको चुनावी सम्पर्क कार्यालय उद्घाटन भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् बारा सहईन्चार्ज सरस्वतीदेवी चौधरीले कार्यालयको उद्घाटन गरेकी हुन् ।

कार्यालयको उद्घाटन गर्दै एमाले नेतृ चौधरीले बारा क्षेत्र नं. ४ को समग्र विकासका लागि एमालेका उम्मेदवार विजयी हुनुपर्ने बताईन् । जीतपुरसिमरा उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख समेत रहेकी चौधरीले एमालेको जितपछि यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषी, खेलकुद, पर्यटन, अव्यवस्थित बसोबासलगायत सबै क्षेत्रको विकास हुने बताईन् ।

स्थानीय तहको नेतृत्वमा रहदा आफूले उपमहानगरपालिका क्षेत्रको भित्रको विकासलाई प्राथमिकतामा दिए जसैगरी एमालेको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले काम गर्ने चौधरीको भनाई छ ।

कार्यक्रममा एमालेका दिनेश्वर ठाकुर, गिता घले, भावना आचार्य, गोपाल घलान, खैरुनेसा अंसारी, बिजयकान्त झालगायतको उपस्थिती रहेको थियो ।

पार्टी कार्यालय उद्घाटनसंगै एमालेले उक्त वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । राजकुमार साहको नेतृत्वमा दुई सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्