सिमरामा एमालेको अगुवा युवा कार्यकर्ता भेला सम्पन्न


eShilalekh

२१ कार्तिक २०७९, सोमबार २१:१८

सिमरा: प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गर्दै सिमरामा नेकपा एमालेको अगुवा युवा भेला सम्पन्न भएको छ । बारा क्षेत्र नं. ४(१) अन्तर्गत एमाले र भातृ संगठनमा सक्रिय अगुवा युवाको भेला सम्पन्न भएको हो ।

भेलाले निर्वाचन प्रचारलाई प्रभावकारी ढंगले अघि बढाउन विभिन्न निर्णय गरेको छ । भेलाका सहभागीले एमालेको `सुखी नेपाली, समृद्ध नेपाल´ बनाउने अभियान, निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको २० ग्यारेन्टीसहितको घोषणापत्र र क्षेत्रका उम्मेदवारले अघि सारेका योजनालाई जनतामाझ लैजानका लागि युवा शक्ति परिचालन अपरिहार्य रहेको सुझाव दिएका थिए ।

एमाले नेतृत्वको सरकारको पालामा भएको कामको मुल्यांकन राष्ट्रिय महाधिवेशनमा देखिएको जनलहरले बताइसकेको उल्लेख गर्दै सहभागीले देश र जनताको लागि फेरि एकपटक एमाले जिताउन आवश्यक रहेको बताएका थिए । भेलाले निर्वाचन परिचालनका लागि सोमलाल बम्जनको नेतृत्वमा युवा परिचालन कमिटी गठन गरेको छ ।

भेलामा एमाले केन्द्रीय सदस्य मन्जु थापामगर, प्रदेशसभा सदस्य पदका उम्मेदवार देवनारायण चौधरी, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विश्वकर्मा, प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, एमाले नेता राजाराम साहलगायत एमाले र विभिन्न भातृ संगठनमा सक्रिय करिब दुई सय युवाको उपस्थिति रहेको थियो । भेला राष्ट्रिय युवा संघको जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष आयुब खानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्