जीतपुरसिमराको नगौल र रामवनमा एमालेको घरदैलो


eShilalekh

२४ कार्तिक २०७९, बिहीबार १९:३१

सिमराः नेकपा एमालेका उम्मेदवार एकबाल मियाँ र देवनारायण चौधरीले विहिवार जीतपुरसिमराको दुई वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।

जीतपुरसिमराको वडा नं. ३ रामवन र वडा नं. ६ नगौलमा उम्मेदवारद्धय मियाँ र चौधरीले घरदैलो गरेका हुन् । मियाँ बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य र चौधरी ४(१) को प्रदेशसभा सदस्य उम्मेदवार हुन् ।

चुनावी अभियानका क्रममा घरदैलोमा पुगेका उम्मेदवारद्धयलाई स्थानीयले अबिर र माला लगाउदै स्वागत गरेका थिए । घरदैलोमा स्थानीयको सहभागिता उत्साहजनक रहेको एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरीले जानकारी दिईन् ।

घरदैलोमा एमाले केन्द्रीय सदस्य चौधरीसहित मधेस प्रदेश सचिवालय सदस्य एवम् निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विक, मधेस प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, मधेस प्रदेशका समानुपातिक उम्मेदवार अमर यादवलगायत एमालेका नेताकार्यकर्तासहित स्थानीयको सहभागिता रहेको थियो ।

घरदैलोका क्रममा मधेस प्रदेश सभा सदस्य उम्मेदवार चौधरीले जनताको उत्साहजनक सहभागिताले आफूहरु उत्साहित रहेको बताए ।

सःशुल्क विज्ञापन

प्रतिक्रिया दिनुहोस्