युवा उम्मेदवार कुशवाहाले गरे रमौलीमा घरदैलो


eShilalekh

२४ कार्तिक २०७९, बिहीबार २०:४७

सिमराः बारा क्षेत्र नं. ४(१) का प्रदेशसभा सदस्य उम्मेदवार सन्तोष कुशवाहाले विहिवार रमौलीमा घरदैलो सम्पन्न गरेका छन् ।
हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका युवा उम्मेदवार कुशवाहाले जीतपुरसिमरा उपमहानगरपालिका ८ रमौलीमा घरदैलो गरेका हुन् ।

कुशवाहा जीतपुरका युवा व्यवसायी हुन् । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको केही महिना अघि सम्पन्न निर्वाचनमा उत्साहजक मत ल्याउदै सदस्यमा निर्वाचित भएका कुशवाहाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी प्रचार गरिरहेका छन् ।

कुशवाहाको चुनावी प्रचारलाई युवाले साथ दिएका छन् । नीति निर्माण तहमा सक्षम युवाको नारा दिदै चुनावमा होमिएका कुशवाहाले बारा क्षेत्र नं. ४ (१) को विकास र परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्