निजगढमा एमाले उम्मेदवारलाई मतदाताले गरे स्वागत


eShilalekh

२६ कार्तिक २०७९, शनिबार ११:३०

निजगढः घरदैलोको क्रममा निजगढको विभिन्न वडामा पुगेका नेकपा एमालेका उम्मेदवालाई मतदाताले स्वागत गरेका छन् ।

बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अच्युत मैनाली, प्रतिनिधिसभा सदस्य पदकी समानुपातिक उम्मेदवार लक्ष्मी नेपाली र क्षेत्र नं. १(१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार त्रिलोकी चौधरीलाई निजगढ ७ र ९ का मतदाताले स्वागत गरेका हुन् ।

घरदैलोमा आएका उम्मेदवारलाई मतदाताले जितको शुभकामना दिदै अबिर र माला लगाएर स्वागत गरेका थिए । उम्मेदवारको स्वागतमा मतदाताले दैलो अगाडी घडा र कलश राखेका थिए । मतदाताको स्वागतले एमाले उम्मेदवारहरु उत्साहित देखिएका छन् ।

टिकट वितरणप्रति असन्तुष्टी जनाउदै मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठले प्रदेशसभामा बागी उम्मेदवारी दर्ता गराएपछि उम्मेदवार चौधरी संकटमा परेका थिए । तर पछिल्लो समय एमालेको पक्षमा जनलहर बढेकाले एमालेका उम्मेदवार उत्साहित देखिएको स्थानीयले बताएका छन् ।

आफ्ना पार्टीको उम्मेदवारलाई जिताउन एमालेको विभिन्न जनवर्गिय संगठन, पार्टीपंक्ती, नेताकार्यकर्ता सक्रिय भएर लागेको प्रेस चौतारी नेपाल क्षेत्र नं. १ को सचार संयोजक गोकुल घोरसाईनेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्