आफ्नै भवनबाट घण्टीमाई साकोसको सेवा सुरु


eShilalekh

२० भाद्र २०७८, आईतवार १४:३७

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका ४ मा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।


भाडाको भवनबाट आठ वर्षदेखी सेवा दिदै आएको सहकारीले करौडौको लागतमा आफ्नै भवन निर्माण गरेको हो । निर्माण कार्य सम्पूणर्रुपमा सम्पन्न हुन बाकी रहेको सहकारीले तत्कालका लागि सेवा दिन सकिने गरी निर्माण सम्पन्न गरी सेवा प्रवाह सुरु गरेको अध्यक्ष कोपिला सिंखडाले बताईन् ।

हाल सहकारीमा एक हजार पाच सय भन्दा बढी शेयर सदस्य छन् । घण्टीमाई आफ्नै भवनमा सरेपछि सेवा प्रवाह अझ सहज र सरल हुने प्रवन्धक नविन खड्काले बताए

प्रतिक्रिया दिनुहोस्