स्वतन्त्र उम्मेदवार वाग्ले बलियो बन्दै, प्रचारमा मतदाताको उत्साहजनक सहभागिता (तस्वीरहरु)


eShilalekh

२६ कार्तिक २०७९, शनिबार २१:०१

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका इच्छाबहादुर वाग्लेको पक्षमा बलियो जनमत देखिन थालेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियान थालेका वाग्लेको पक्षमा जनमत बढ्दो अवस्थामा छ । उनको घरदैलोमा मतदाताले उत्साहजनक रुपमा सहभागिता जनाउदै चुनावी अभियानलाई सहयोग गर्न थालेका छन् ।

स्वन्तन्त्र उम्मेदवार वाग्लेलाई पछिल्लो समय कांग्रेसका नेताकार्यकर्ताले खुलेर सहयोग गरिरहेका छन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका वाग्ले कांग्रेसको अगुवा नेताका रुपमा कार्यकर्तामाझ परिचित थिए ।

गठबन्धनको भागबण्डाका कारण बारा ४ मा कांग्रेसले उम्मेदवारी दिन नपाएपछि रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका वाग्लेलाई कांग्रेस नेताकार्यकर्ताले यतिबेला खुलेर साथ दिएका छन् । स्वतन्त्र उम्मेदवार पक्षमा यतिबेला बलियो जनमत रहेको नेपाली कांग्रेस जीतपुरसिमरा नगर कमिटीका पूर्व सचिव सुशिल ढोडारीले बताएका छन् ।

स्वतन्त्र भएकै कारण कमजोर ठानिएका वाग्ले अहिले बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । पछिल्लो समय उनको पक्षमा देखिएको जनमतले उनि बलियो प्रतिस्पर्धीको रुपमा उदाएका छन् ।

सिमरास्थित होटल इच्छाका संचालक समेत रहेका वाग्ले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका अभियन्ता समेत हुन् ।

तस्वीरमा हेर्नुस् वाग्लेको घरदैलो र चुनावी कार्यक्रमः

प्रतिक्रिया दिनुहोस्