औराहबाट एकिकृत समाजवादीका सयौं नेताकार्यकर्ता एमाले फर्किए


eShilalekh

२७ कार्तिक २०७९, आईतवार ०९:५१

सिमराः नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्यसहित सयौं नेताकार्यकर्ता नेकपा एमाले फर्किएका छन् । औराहमा आईतवार आयोजित कार्यक्रमकाबीच एकिकृत समाजवादीका सक्रिय नेता कायर्कता एमालेमा फर्किएका हुन् ।

एमाले प्रवेश गर्नेमा समाजवादीका जिल्ला कमिटी सदस्य पूण्यवती कंडेल, रमा राई, अनेमसंघकी प्रेम कुमारी ढकाल, रोहिता अधिकारी, गणेश सिंखडा, डिल्लीराम तिमिल्सना, सिता परियार, सपना परियार, सपना कंडेललगायत सयौं रहेका छन् ।

उनिहरुलाई मधेस प्रदेश कमिटीका निवर्तमान सांसद सुन्दर विश्वकर्मा, जीतपुरसिमरा ४ का वडा कमिटी अध्यक्ष भागवत चौधरी, एमाले नेता पूर्णचन्द्र तिमिल्सिनाले एमालेमा स्वागत गरेका थिए ।

एकिकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान सांसद विश्वकर्मा एमाले फर्किएसंगै उनले एक हजार भन्दा बढी नेताकार्यकर्तालाई एमालेमा प्रवेश गराईसकेका छन् । विश्वकर्माको नेतृत्वमा एमाले फर्कनेको संख्या बढ्दो अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्