वाग्लेलाई अर्को स्वतन्त्र उम्मेदवारको समर्थन, बलियो बन्दै वाग्ले


eShilalekh

२८ कार्तिक २०७९, सोमबार १८:३७

सिमराः बारा ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इच्छाबहादुर वाग्लेलाई अर्को स्वतन्त्रले समर्थन गर्ने भएका छन् । प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार ललन पटेलले परिचित नेमराजप्रसाद जैसवालले वाग्लेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

परवानीपुरमा सोमबार आयोजित कार्यक्रमकामा पटेलले वाग्लेलाई आफूले समर्थन गर्ने प्रतिबद्धता जनाउदै आफ्नो उम्मेदवारी निष्क्रिय हुने बताएका छन् । पटेलले आफ्नो स्वतन्त्र अभियानमा जोडिएका सम्पूर्ण समर्थकले वाग्लेको पक्षमा मतदान गर्ने घोषणा गरे ।

पछिल्लो समय वाग्लेको बलियो जनमत देखिन थालेपछि पटेलले वाग्लेलाई समर्थन गरेका हुन् । पटेलको उम्मेदवारीपछि वाग्ले थप बलियो बनेका छन् ।

होटल तथा पर्यटन व्यवसायी एवम् नेपाली कांग्रेसका अगुवा नेताका रुपमा परिचय बनाएका वाग्ले स्वतन्त्र अभियानमा छन् । बारा ४ मा नेपाली कांग्रेस उम्मेदवारविहिन बनेपछि कांग्रेस कार्यकर्ताकै अनुरोधमा उम्मेदवार बनेका वाग्लेलाई पछिल्लो समय स्वतन्त्र नागरिकले समेत समर्थन गर्न थालेका छन् ।

आफ्नो समर्थनमा बलियो जनमत देखिन थालेपछि वाग्ले उत्साहित भएका छन् । वाग्लेले आफू निर्वाचित भएपछि बारा ४ मा पर्यटन प्रवद्र्धनसहित शिक्षा, स्वास्थ्यको क्षेत्रमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । वाग्ले सिमरास्थित होटल इच्छाका संचालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्