जीतपुरमा एमालेको घरदैलो सम्पन्न, चैनपुरमा १२५ जना एमाले प्रवेश


eShilalekh

२९ कार्तिक २०७९, मंगलवार १९:१३

सिमराः नेकपा एमालेका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका उम्मेदवारले मंगलवार जीतपुरमा घरदैलो सम्पन्न गरेका छन् । बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मिया र प्रदेशसभा ४(१) का उम्मेदवार देवनारायण चौधरीले घरदैलो गरेका हुन् ।

घरदैलोमा एमालेका पाँच सय भन्दा बढी नेताकार्यकर्ताको सहभागिता रहेको थियो । कार्यकर्ताको उत्साहजनक सहभागिताका साथ एमालेका उम्मेदवारले मतदातासंग भेटघाट गरेका थिए ।

घरदैलोका स्थानीयको उपस्थितीले उम्मेदवार उत्साहित देखिएका थिए । प्रदेशसभाका उम्मेदवार चौधरीले एमालेको पक्षमा कार्यकर्ता र जनताले देखाएको मायाको सधै सम्मान गर्ने बताए । उनले आफूहरु निर्वाचित भएपछि जनताकै पक्षमा काम गर्ने बताएका छन् ।

चैनपुरमा एक सय २५ जना एमाले प्रवेश

परवानीपुर गाँउपालिका ४ चैनपुरमा विभिन्न पार्टी परित्याग गर्दै एक सय २५ जना एमाले प्रवेश गरेका छन् । एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मियाले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्ने क्रममा मियाले एमालेको पक्षमा जनलहर देखिएको बताए । मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने र जनताको सम्मान हुने गरी काम गर्ने बताए ।

सःशुल्क विज्ञापन

प्रतिक्रिया दिनुहोस्