जीतपुरसिमरा ३ र २२ मा एमालेको घरदैलो र सभा सम्पन्न


eShilalekh

१ मंसिर २०७९, बिहीबार १९:०९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडामा नेकपा एमालेका उम्मेदवारले विहिवार घरदैलो सम्पन्न गरेका छन् । बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकवाल मिया र प्रदेशसभाका उम्मेदवार देवनारायण चौधरीले घरदैलो गरेका हुन् ।

घरदैलोका क्रममा उम्मेदवरले मतदातासंग एमालेको पक्षमा मतदान गर्न अपिल गरेका थिए । उत्साहजनक सहभागिताका साथ घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले अबिर र मालाले स्वागत गरेका थिए ।

घरदैलोका क्रममा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई स्वागत गरिएको थियो । घरदैलोमा एमालेका विभिन्न तहका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

सःशुल्क विज्ञापन

प्रतिक्रिया दिनुहोस्