एकिकृत समाजवादी त्यागेर पूर्व जनप्रतिनिधि परियार एमालेमा प्रवेश


eShilalekh

१ मंसिर २०७९, बिहीबार १९:४४

सिमराः नेकपा एकिकृत समाजवादी परित्याग गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ की पूर्व दलित महिला सदस्य चिनिमाया परियार नेकपा एमाले प्रवेश गरेकी छिन् । सिमरास्थित एमालेको पार्टी कार्यालयमा विहिवार साँझ आयोजित कार्यक्रमकाबीच परियार एमाले प्रवेश गरेकी हुन् ।

परियार २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. २ बाट दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन भने बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पराजित भएकी थिईन् । २०७४ सालमा उनि एमाले र २०७९ सालमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार बनेकी थिईन् ।

समाजवादी त्यागेर एमाले प्रवेश गर्ने क्रममा परियारले आफू पुरानै घर एमालेमा फर्किएको बताएकी छिन् । आफू कसैको करकापमा नभई एवेच्छाले एमालेको यात्रामा फर्किएको बताईन् । परियारलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायतका नेताले स्वागत गरेका थिए ।

सशुल्क विज्ञापन

प्रतिक्रिया दिनुहोस्