बारा ४ मा श्रेष्ठ फराकिलो मतान्तरसहित अगाडी


eShilalekh

७ मंसिर २०७९, बुधबार १२:१७

सिमराः बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकिकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ फराकिलो मतान्तरसहित अगाडी छन् । जारी मतगणनाअनुसार श्रेष्ठ चार हजार आठ सय ७४ मतले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले १६ हजार चार सय २९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार एकबाल मियाले ११ हजार पाँच सय ५५ मत पाएका छन् ।

यस क्षेत्रमा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार पवन चौधरीले तीन हजार पाँच सय ७८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्