बारा २ मा स्वतन्त्र उम्मेदवारको सुरुवाती अग्रता यथावत


eShilalekh

७ मंसिर २०७९, बुधबार १२:३०

सिमराः बारा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले आफ्नो अग्रता कायम राखेका छन् । मतगणना सुरु भएदेखिअग्रता लिएका यादवले यो समाचार तयार पार्दासम्म ६ हजार एक सय ६० मत पाएका छन् ।

उनले पूर्वमन्त्री एवम् जसपाका उम्मेदवार रामसहाय यादव र संविधान सभाका सदस्य एवम् गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पछि पारेका छन् ।

जसपाका यादवले पाँच हजार ६ सय ३३ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार कुशवाहाले पाँच हजार ५२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्