बारा ४(२) मा सोनलको जित निश्चित, गणना हुन बाँकी मत भन्दा अग्रता बढी


eShilalekh

७ मंसिर २०७९, बुधबार १४:१३

सिमराः बारा क्षेत्र नं. ४(२) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलको जित निश्चित बनेको छ । सोनलले गणना हुन बाँकी मत भन्दा बढी अग्रता बनाएका छन् ।

हालसम्मको प्राप्त मतपरिणाम अनुसार सोनलले १२ हजार एक सय ८१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका आत्माराम साहले सात हजार ६ सय नौ मत पाएका छन् ।

साहभन्दा सोनल ४५७२ मतले अगाडी छन् । यस क्षेत्रमा अब परवानीपुर गाँउपालिकाको वडा नं. ३ को दुई हजार दुई ४८ मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्