जसपाका राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित


eShilalekh

८ मंसिर २०७९, बिहीबार १०:३४

सिमराः बारा क्षेत्र नं. २(२) को प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार बच्चा राउत अहिर पुनः निर्वाचित भएका छन् । राउत एक हजार तीन सय ६३ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

राउतले १० हजार तीन सय दुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले आठ हजार ९ सय ३९ मत पाएका छन् ।

राउत २०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका थिए । संघीय समाजवादी फोरमबाट निर्वाचन लडेका राउतले ११ हजार पाँच सय तीन मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्