जसपाका सरोज यादव प्रदेशसभा सदस्यमा पुनः निर्वाचित


eShilalekh

९ मंसिर २०७९, शुक्रबार १०:३३

सिमराः जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादवले बारा क्षेत्र नं. १(१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यादव चार हजार आठ सय सतासी मतको फराकिलो अन्तरले निर्वाचित भएका हुन् ।

मधेस प्रदेशका निवर्तमान सभामुख समेत रहेका यादवले १५ हजार नौ सय २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नागेन्द्र साह कानुले ११ हजार ४० मत प्राप्त गरे ।

यादव प्रदेशसभामा निर्वाचित भएको दोस्रो पटक हो । यसअघि २०७४ सालको निर्वाचनमा यादव तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (हाल लोसपा) बाट १४ हजार दुई सय ६९ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।

अघिल्लो पटक राजपाबाट निर्वाचित भएका यादव जसपा प्रवेश गरेका यसपटक निर्वाचन लडेका थिए । उनी मधेस प्रदेशका निवर्तमान सभामुख हुन् । यादवले यसपटक मुख्यमन्त्रीको दावी गरेका छन् ।

यो संगै जसपाले बाराबाट प्रदेशसभामा दुई सिट जितेको छ । यसअघि २(२) मा जसपाका बच्चा राउत अहिर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्