प्रदेशसभा सदस्यमा एमालेको तेस्रो जित, चौधरी पुनः निर्वाचित


eShilalekh

९ मंसिर २०७९, शुक्रबार ११:२८

सिमराः बारा क्षेत्र नं. १(१) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् । चौधरी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् ।

चौधरी प्रदेशसभा दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि चौधरी निर्वाचित भएका थिए ।
चौधरीको जितसंग एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभा मध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा क्षेत्र नं. ४(१) मा देवनारायण चौधरी, ३(१) मा रविन्द्रदास श्रेष्ठ निर्वाचित भईसकेका छन् ।

बारा क्षेत्र नं. २(१) मा भने एमालेका उम्मेदवार बलबिर चौधरी पराजित भएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार सारदा संकर कलवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्