बारा क्षेत्र नं. ३ एमालेको ‘क्लिन स्वीप’, समिर प्रदेशसभामा निर्वाचित


eShilalekh

९ मंसिर २०७९, शुक्रबार १९:३०

सिमराः बारा क्षेत्र नं. ३ नेकपा एमालेले क्लिन स्वीप पारेको छ । प्रदेशसभा ३(२) मा महम्मद समिर निर्वाचित भएसंगै एमालेले यस क्षेत्र क्लिन स्वीप गरेको गरेको हो ।

पछिल्लो मतपरिणाम अनुसार समिर ६८ मतको झिनो मतान्तरले निर्वाचित भएका छन् । उनले जसपाका पारस प्रसाद साहलाई पराजित गरेका हुन् ।

समिरले आठ हजार तीन सय २३ मत प्राप्त गर्दा साहले आठ हजार दुई ५५ मत पाएका छन् । समिर र साह दुवै निवर्तमान प्रदेशसभा सदस्य हुन् ।

साह २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने समिर समानुपातिकको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

समिरको जित संगै एमालेले बारा क्षेत्र नं. ३ क्लिन स्वीप पारेको छ । यस क्षेबाट प्रतिनिधि सभा सदस्यमा एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह र ३(१) मा रविन्द्रदास श्रेष्ठ निर्वाचित भईसकेका छन् ।

चार वटा निर्वाचन क्षेत्र चार प्रतिनिधिसभा र १२ प्रदेशभामा एमालेले ६ स्थानमा जित हात पारेको छ । बारा १ मा एमालेका अर्का पोलिटव्युरो सदस्य अच्युत मैनाली निर्वाचित भएका छन् भने प्रदेशसभा १(१) मा त्रिलोकी चौधरी, ३(१) रविन्द्रदास श्रेष्ठ र ४(१) मा देवनारायण चौधरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्