दुर्घटनाका घाईते ट्राफिक प्रहरीको उपचारका क्रममा निधन


eShilalekh

२० मंसिर २०७९, मंगलवार १८:०८

सिमराः मोटरसाइकल दुर्घटनामा परी घाईते भएका ट्राफिक प्रहरी सहायक हवल्दार शशीकान्त चौरसियाको उपचारका क्रममा निधन भएको छ ।

पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत चौरसियाको उपचारको क्रममा काठमाण्डौमा निधन भएको हो ।

चौरसिया मंसिर १० गते मोटरसाईकल दुर्घटनामा परेका थिए । कार्यालयबाट वीरगन्जतर्फ जाने क्रममा चौरसियाले चलाएको मोटरसाईकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाईते भएका चौरसियाको महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्