क्यान मधेस प्रदेशको वार्षिक साधारण सभा कलैयामा सम्पन्न


eShilalekh

२५ मंसिर २०७९, आईतवार ११:१९

सिमराः कम्प्युटर एशोसिएशन नेपाल महासंघ मधेस प्रदेसको छैठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कलैयामा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनको उद्घाटन बारा क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साहले गरेकी थिईन् ।

कार्यक्रमको उद्घाटन गर्दै साहले सूचना तथा संचार प्रविधिको विकासका लागि क्यानले खेलेको भूमिकाको प्रशंसा गरिन् । आईटी क्षेत्रको विकासका लागि सहकार्य गर्न आफू तयार रहेको भन्दै साहले शैक्षिक क्षेत्रलाई प्रविधीमैत्री बनाउन लाग्नुपर्ने बताईन् ।

कायक्रममा मधेस प्रदेशसभा सदस्य महम्मद समिरले सामाजिक रुपान्तरणका लागि क्यानको भूमिका महत्वपूर्ण रहेको र यसका लागि आफू सहकार्य गर्न तयार रहेको बताए ।

क्यानका मधेस प्रदेश अध्यक्ष एवम् जिल्ला संयोजक आलोक चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रयि सचिव दीपेन्द्रराज सिंह, भुपाल दास श्रेष्ठ, केन्द्रीय प्रतिनिधि हेमन्त चौरसिया, मधेस प्रदेश सचिव धनन्जय महतो, जिल्ला अध्यक्ष संजय केशरी, सहसचिव सुरेश यादव, कलैया उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष अशोक तिवारी, फेटा गाँउपालिका वडा नं. २ का अध्यक्ष नरेशप्रसाद पटेललगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्