तेक्वान्दोः निजगढमा प्रशिक्षक परिक्षण सम्पन्न


eShilalekh

४ पुष २०७९, सोमबार २१:१०

सिमराः बाराको निजगढमा सोमबार प्रशिक्षक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको आयोजना तथा मधेस प्रदेश समितिको संयोजनमा दोस्रो र तेस्रो डानको प्रशिक्षक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

निजगढस्थित कभर्ड हलमा सम्पन्न परिक्षामा प्रदेशभरीका दुई महिलासहित २३ जनाको सहभागिता रहेको थियो । तेक्वान्दो संघका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका निर्णायकले परिक्षा लिएका थिए ।

कार्यक्रममा संघका केन्द्रीय महासचिव दीपराज गुरुङ, अन्तर्राष्ट्रिय निर्णायक टार्जन सुब्बा, राष्ट्रिय निर्णायक कविराज खड्गी, केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, प्रशिक्षक पूर्ण लामा, बिजय शाह ठकुरी, हेमलाल श्रेष्ठ, महम्मद सकिल, मानधोज लामा, किशोर थापा, प्रदेश कमिटी उपाध्यक्ष लक्ष्मण भण्डारी, प्रदेश सदस्य बिजय मिश्र, मुक्ती यादव, बाराका अध्यक्ष चित्रबहादुर लामा, धनुषाका अध्यक्ष तिलक लामा, सर्लाहीका अध्यक्ष खड्गप्रसाद सापकोटा, सिरहाका अध्यक्ष ध्रुव लामा, निजगढ तेक्वान्दो डोजाङका प्रमुख बसन्त लामालगायतको उपस्थिती रहेको थियो ।

परिक्षाका सहभागीलाई संघका केन्द्रीय महासचिव गुरुङले प्रमाणपत्र वितरण गरेको प्रदेश महासचिव राजकुमार लामाले जानकारी दिए । परिक्षा कार्यक्रम प्रदेश अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्