भारतीय नागरिकको गोली हानी हत्या, गोली प्रहार गर्ने फरार


eShilalekh

९ पुष २०७९, शनिबार ०६:५१

कलैया: बाराको महागढीमाई नगरपालिका २ स्थित भूतही पुल नजिक शुक्रबार साँझ एक भारतीय नागरिकको गोली हानी हत्या गरिएको छ ।

भारतको मोतिहारी घर भइ आफन्तकोमा बस्दै आएका ४५ वर्षीय शिवपुजन यादवको गोली हानी हत्या गरिएको हो ।

भारतीय नम्बरको दुईवटा मोटरसाइकलमा आएका ब्यक्तिले यादवमाथी गोली प्रहार गरेका हुन् । गोली लागि गम्भीर घाइते भएका यादवको एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कलैया–बरियारपुर सडकखण्डअन्तर्गत श्रीस्वस्तानी पेट्रोल पम्पनजिक रहेको होटेलमा खाजा खाइरहेको समयमा यादवमाथि गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका पाँचमध्ये एक ब्यक्तिले यादवलाई गोली हानेका थिए ।

यादवमाथी एक राउन्ड गोली प्रहार गरी उनीहरु फरार भएको प्रत्यक्षदर्शीको भनाई छ । बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले यादवमाथी गोली प्रहार गर्ने समुहको खोजी सुरु गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्