युरेनियमजस्तो पदार्थसहित जीतपुरबाट तीन जना पक्राउ


eShilalekh

११ पुष २०७९, सोमबार १६:२७

सिमराः युरेनियम जस्तो देखिने वस्तुसहित जीतपुरबाट तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले उनिहरुलाई जीतपुरस्थित आदित्य होटलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ५ का वर्षीय रवि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहट माधवनारायण नगरपालिका २ का २२ वर्षीय वृज सहनी रहेका छन् । सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले उनिहरुलाई होटलबाट नियन्त्रणमा लिएको हो ।

उनिहरुको साथबाट प्रहरीले दुई किलो वजनको युरेनियम जस्तो देखिने वस्तु फेला परेको प्रहरीको भनाई छ । सशस्त्र प्रहरीले उनिहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्