जीतपुरसिमरामा सुरु भयो स्वास्थ्य विमा


eShilalekh

१५ आश्विन २०७८, शुक्रबार ०२:५६

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकामा पनि स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । उपमहारपालिकाकी नगर उपप्रमुखर सरस्वती चौधरीले आफ्नो स्वास्थ्य विमा गराएर अभियानको सुरुवात गरेकी हुन् ।


समाजका विपन्न वर्गलाई लक्षित गर्दै ल्याइएको स्वास्थ्य विमा कार्यक्रमले आम नागरिकले लाभ लिन सक्ने भन्दै उपप्रमुख चौधरीले समयमै स्वास्थ्य विमा गराउन सवैलाई आग्रह गरिन् ।

स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै आएको उपमहानगरले स्वास्थ्य विमा सुरु गरेपछि नगरवासी हर्षित भएका छन् । नगर उपप्रमुख चौधरीले घरदैलोमा पुगेको अभिकर्तामार्फत स्वास्थ्य विमा गर्न सकिने बताईन् । तीन हजार पाच सय रुपैयामा पाच जना सदस्यको स्वास्थ्य विमा गर्न सकिने र परिवारका सदस्य एक वर्ष भित्र विरामी भएर एक लाखसम्मको उपचार शुल्क निःशुल्क हुने चौधरीले बताईन् ।


स्वाथ्य विमा समग्रमा राम्रो रहेको भन्दै लाभ उठाउन आग्रह गरिन् । विमा सुरुवात कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, स्वास्थ्य शाखा प्रमुख रवि भाष्कर लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्