बाराका यादव जसपाको संसदीय दलको नेता चयन


eShilalekh

१३ पुष २०७९, बुधबार १५:२४

सिमराः बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रामसहाय यादव जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् ।

दलको नेताका लागि यादवको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध चयन भएका हुन् । जसपाबाट संघीय परिषद अध्यक्ष अशोक राईसहित राजकिशोर यादव र नवलकिशोर साहले संसदीय दलको नेतामा दावी गर्दै आएका थिए ।

पूर्वमन्त्री समेत रहेका यादवले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुने गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गरेका थिए । उक्त क्षेत्रमा जसपा र एमालेबीच तालमेल भएको थियो ।

यादव २०७४ सालको निर्वाचनमा पनि बारा २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्