मन्त्री निवास प्रवेश गरिन् ज्वालाकुमारी साह


eShilalekh

१३ पुष २०७९, बुधबार १६:०१

सिमराः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारकी मन्त्री ज्वालाकुमारी साह बुधवार मन्त्री निवास प्रवेश गरेकी छिन् । साह हरिहरभवनस्थित मन्त्री निवास प्रवेश गरेकी हुन् ।

साहले सोमबार मन्त्री पदको सपथ लिएकी थिईन् । मन्त्रालय पछि तोकिने गरी साह नेकपा एमालेकोतर्फबाट सरकारमा सहभागी भएकी हुन् ।

साहको मन्त्रालय तोकिएको छैन् । एमालेबाट मन्त्रालयमा सहभागी भएका तीन मन्त्रीको कार्यविभाजन हुन बाँकी छ ।

गठबन्धन र जसपाका उम्मेदवारविरुद्ध एक्लो प्रतिस्पर्धा गरेकी साह बारा क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी निर्वाचित भएको क्षेत्र एमालेले क्लिनस्वीप गरेको थियो ।

पूर्व कृषी मन्त्री समेत रहेकी साह एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज हुन् । उनि २०७४ सालको निर्वाचनमा मधेस प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्