सिमरा विमानस्थल दिनभर खुलेन, सबै उडान रद्ध


eShilalekh

१३ पुष २०७९, बुधबार २०:०३

सिमराः खराब मौसमका कारण सिमरा विमानस्थल बुधवार दिनभर प्रभावित बनेको छ । बाक्लो हुस्सुले भिजिबिलिटी कम भएपछि उडान प्रभावित बनेको हो ।

मौसम सफा नहुँदा सिमरा विमानस्थलबाट हुने ९ वडा उडान स्थगित हुन पुगेको छ । बुद्ध एयरको सात र यति एयरलाईन्सको दुई वटा उडान स्थगित भएको हो ।

विमानस्थलका अनुसार उडानका लागि दुई हजार चार सय भन्दा बढी भिजिबिलिटी हुनुपर्ने भएपनि एक हजार आठ सय भिजिबिलिटी मात्रै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्