एमाले बारा अध्यक्षमा चौधरी, उपाध्यक्षमा साह


eShilalekh

१५ आश्विन २०७८, शुक्रबार ०३:०१

सिमरा: नेकपा एमाले बाराको अध्यक्षमा देवनारायण चौधरी चयन भएका छन । प्रदेश नं २ को कार्यदल पदाधिकारीको जनकपुरमा बसेको बैठकले जिल्ला कमिटी उपाध्यक्ष चौधरीलाई अध्यक्षमा मनोनित गरेको छ ।


एमालेका बाराका अध्यक्ष रहेका सुन्दर विश्वकर्मा नेकपा एसमा प्रवेश गरेपछि पार्टी नेतृत्वको जिम्मेवारी चौधरीको काधमा आईपुगेको हो । चौधरीलाई अध्यक्ष बनाएसंगै विनोद साहलाई उपाध्यक्ष बनाइएको छ । साह कलैया उपमहानगरपालिकामा एमालेको तर्फबाट मेयरका प्रत्यासी उम्मेदवार हुन् ।


यसैगरी एमालेको बाराको सचिवमा महमद समिर र सहसचिवमा गोविन्द पौडेललाई जिम्मेवारी दिइएको छ । समिर पहिल्यैदेखी उक्त जिम्मेवारीमा थिए भने पौडेललाई प्रदेश २ को कार्यदलले जिम्मेवारी दिएको हो ।


कार्यदल बैठककमा एमाले प्रदेश २ अध्यक्ष एवम् पूर्वमन्त्री ज्वाला साहसहित एमाले नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्