मन्त्री ज्वाला साह बारामा, एमाले नेता कार्यकर्ताले गरे स्वागत


eShilalekh

१५ पुष २०७९, शुक्रबार १०:०६

सिमराः नेपाल सरकारकी मन्त्री ज्वालाकुमारी साह शुक्रवार बिहान बारा आएकी छिन् । जिल्लामा आयोजना हुन लागेको विभिन्न कार्यक्रममा सहभागी हुन् मन्त्री साह बारा आएकी हुन् ।

मन्त्री पदको सपथ लिएपछि पहिलो पटक गृहजिल्ला आएकी मन्त्री साहलाई नेकपा एमालेका नेताकार्यकर्ताले स्वागत गरेका छन् । सडक मार्ग हुँदै आएकी मन्त्री साहलाई पथलैयामा एमाले नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

मन्त्री साहलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, मञ्जुथापा मगर, नेकपा एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज सरस्वतीदेवी चौधरी, एमाले नेता मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य देवी सापकोटा, भावना आचार्य, कलैया उपमहानगरपालिकाका वडा नं. २७ का वडाध्यक्ष अशोक तिवारी, जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनिल गुप्ता, निवर्तमान कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, एमाले युवा नेता त्रिलोक बिक्रम शाह, हिरा बस्नेत, रविन्द्र खकुरेल, अनिल गुप्तासहित स्थानीयको उपस्थिती रहेको थियो ।

भेटका क्रममा एमालेका नेताहरुले पथलैयाको प्रस्तावित ट्रमा सेन्टर र अस्थायी बसोबासका विषयमा मन्त्री साहलाई जानकारी गराएका थिए । मन्त्री साहले पथलैयाको समस्याका विषयमा आफू जानकार रहेको र यसको समाधानका निम्ति आफूले पहल गर्ने बताईन् ।

मन्त्री साह आईतवारसम्म जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने र स्थानीयसंग भेट गर्ने एमाले जिल्ला उपसचिव अमृत शर्मा बजगाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्