मधेस प्रदेशसभा सदस्यको शपथ आज, बाराका यी सांसदले शपथ लिदै


eShilalekh

१५ पुष २०७९, शुक्रबार ११:५८

सिमराः मधेस प्रदेश सभा सदस्यमा निर्वाचित सांसदले शुक्रवार पद तथा गोपनियताको शपथ लिदैछन् । जनकपुरस्थित प्रदेशसभाको कार्यालयमा प्रदेशसभा सदस्यले शपथ लिन लागेका हुन् ।

प्रदेशसभाका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले प्रदेश सांसदलाई शपथ खुवाउनेछन् । जेष्ठ सदस्यको हैसियतले ७१ वर्षीय न्यौपानेले बिहिवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ लिइसकेका छन् ।

कुल एक सय सात सदस्य रहने प्रदेशसभामा प्रत्यक्षतर्फबाट ६४ र समानुपातिकतर्फबाट ४३ सांसद निर्वाचित भएका छन् । जसमध्ये बाराका १२ सांसदले शपथ लिदैछन् ।

बाराको क्षेत्र नं. १(१) मा नेकपा एमालेबाट निर्वाचित त्रिलोकी चौधरी, १(२) मा जसपाबाट निर्वाचित सरोज यादव, २(१) मा स्वतन्त्रबाट निर्वाचित सारदा शंकर कलवार, २(२) मा जसपाबाट निर्वाचित बच्चा राउत, ३(१) मा एमालेबाट निर्वाचित रविन्द्रदास श्रेष्ठ, ३(२) मा एमालेबाट निर्वाचित महम्मद समिर, ४(१) मा एमालेबाट निर्वाचित देवनारायण चौधरी र ४(२) मा लोसपाबाट निर्वाचित जितेन्द्र सोनल रहेका छन् ।

यसैगरी समानुपातिकतर्फ एमालेबाट निर्वाचित मञ्जुथापा मगर, राजपति देवी जैसवाल, कांग्रेसबाट निर्वाचित मिनाकुमारी लामा र एकिकृत समाजवादीबाट निर्वाचित लक्ष्मीदेवी लोहारले शपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्