शिक्षा क्षेत्रको विकास आफ्नो प्राथमिकतामा: मन्त्री साह


eShilalekh

१७ पुष २०७९, आईतवार ११:३९

कलैया: नेपाल सरकारको संघीय मन्त्री ज्वालाकुमारी साहले आफ्नो शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढने बताएकी छिन् ।
कलैयास्थित रामराजा क्याम्पसको ४१औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले शिक्षाको विकास नभएसम्म समृद्ध समाजको कल्पना गर्न नसकिने बताइन् ।
बारा क्षेत्र नं. ३ की सांसद समेत रहेकी मन्त्री साहले आफू निर्वाचित भएको क्षेत्रमात्र नभई समग्र बारा जिल्लाकै विकासमा आफू केन्द्रित हुने बताएकी छिन् ।
क्याम्पसका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, उपप्रमुख रौशन प्रविण, क्याम्पस प्रमुख हरिभुषण कुशवाहा कलैया उपमहानगरपालिका २७ का वडाध्यक्ष अशोक तिवारी, निवर्तमान वडाध्यक्ष डा.अख्तर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन अमित मिश्रले गरेका थिए । कार्यक्रममा मन्त्री साहले विधार्थीहरुलाई पुरस्कार समेत वितरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्